लुम्बिनी प्रदेश २४ श्रावण २०८३, आइतबार

साठी हाते झरना : जल पर्यटनका लागि नयाँ गन्तव्य ठाउँ

Rastriyanews

नवराज ज्ञवाली पाल्पा, साठी हाते झरना पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रिब्दीकाेट गाउँपालिकामा रहेको साठी हाते छिराे झरनालाई विकास र संरक्षण गरिएसँगै जल पर्यटकहरूको लागि एउटा महत्त्वपूर्ण गन्तव्य बनेको हो ।

रिब्दीकाेट गाउँपालिका भैरवस्थानकाे शिरबाट बग्ने साठी हाते छिराे झरना पुग्न हार्थाेकबाट तानसेन- तम्घास सडक खण्डमा सिरूखर्कबाट नजिकै रहेको छ । साठी हाते झरना स्थान घुम्न आउनेहरूका लागि याे छिराे जल मनोरञ्जन स्थल बनेको छ । यस साठी हाते छिराे झरना पुग्ने सहज पहुँच मार्ग निर्माण गर्न सकिएमा र छाठी छिराे मार्ग निर्माण सम्पन्न भएमा यस स्थानमा उल्लेख्य संख्यामा जल पर्यटकको आवगमन बढाउन सकिनेमा विश्वास गर्न सकिन्छ ।

रिब्दीकाेट गाउँपालिका-४भैरवस्थान तथा वडा नं.३,खस्याैलीकाे संयुक्त स्थानमा रहेकोले पनि यसको बिकास निर्माणका याेजना विनियोजन गर्दा र संरक्षणमा दुबै वडाबाट हुनु आवश्यक रहेको छ । साठी हाते छिराे झरनाबाट झरेकाे पानी फोहोरा जल स्नान गर्न आउने पर्यटकहरूको मन लोभ्याउनेमा निश्चित जस्तैः छ । यद्यपि याे छाठी हाते छिराे झरना संरक्षण र बिकासका निम्ति खासै चासो देखिएकाे छैन । यसलाई उचित बजेट विनियोजन गरि गूरूयाेजनाकाे निर्माण गरेर सहज रूपमा झरना पुग्ने बाटो बनाएर संरक्षणमा जाेड दिएमा दैनिक दर्जनौँ झरना अवलोकन गर्नका लागि जल पर्यटकहरू पुग्ने अनुमान गर्न सकिन्छ । साठी हाते छिराे झरनामा जलसंग रम्नरमाउँन चाहाना राख्ने जाे काेही यसठाउँमा पुगेर रमाउन सक्ने स्थानीय रमेश बहादुर पाेखरेल र बिष्णु कार्की बताउँनुहुन्छ। उहाँहरूले यहाँको प्रकृति साैन्दर्यलाई पर्यावरणीय पर्यटनसंग जाेडेर याे छाठी हाते छिराे झरना संरक्षण विकास बजेट विनियोजन गरेर अघि बढ्नुपर्ने समेत आग्रह गर्दै त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउँनुभयाे। “साठी हाते छिराे झरना महत्त्वपूर्ण जल पर्यटकीय स्थल बन्नेछ ।”, झरना संरक्षण गर्न तथा विकास प्रवर्द्धनका लागि वडा स्तरबाट स्थानीय रूपमा समिति निर्माण गरि यो क्षेत्रकाे संरक्षण गर्दै जल पर्यटन प्रवर्द्धन गर्न र पर्यटकहरूको रोजाइकाे गन्तव्य बनाउनलाई प्रचारप्रसार आवश्यक छ।

रिब्दिकाेट गाउँपालिकाकाे वडाकाे भैरवस्थान र खस्याैली साँध सीमानामा रहेको साठीहाते छिराे झरना विशेष गर्मी याममा जल स्नान गर्नका लागि पर्यटकहरू पुग्ने,जमघट हुने गरेको स्थानीय महेन्द्र रूचाल बताउँछन् । त्यस्तै गर्मी बाहेक अन्य दिन बिदाको समयमा छाठी हाते छिराे झरनामा पानीमा रम्न पाैडिनका लागि यसठाउँमा धेरै मानिसहरू यसक्षेत्रकाे आसपास ठाउँबाट समेत घुम्न आउन थालेपछि पछिल्लो समय साठीहाते छिराे झरनाकाे संरक्षण पहलमा स्थानीयहरूकाे चासो बढेको समेत बताउँछन् । स्थानीयकाे भनाइ अनुसार यो साठीहाते छिराे झरनाकाे उचाइ करिब एक सय साठी मिटर अग्लो रहेकाे कारण पनि छाठी हाते छिराे भन्दाभन्दै पछि याे झरनाकाे नाम साठी हाते झरना भन्ने गरिएको स्थानीयहरू बताउँछन् । यहाँ बाह्रै महिना माथि भिरको छाँगोबाट झर्ने चिसो पानी भएकोले यहाँ आउने जल पर्यटक जाे काेहीकाे मन लोभिने गरेको अनुभव हुन्छ । प्राकृतिक साैन्दर्यमा झरनाबाट बग्ने चिसो पानीकाे आनन्द लिन सकिने यहाँकाे दृश्य जल स्नानमा रम्न रमाउन पाैडिन नै भनेर झरना पुग्ने पर्यटकहरू जल स्नानमा रमाउने गरेको पाईन्छ ।

रिब्दीकाेट गाउँपालिकाले त्यहाँसम्म पुग्ने पैदलपदमार्ग बाटोकाे निर्माण गरि सहज सडक विस्तार गरिदिने हाे भने पनि याे साठी हाते छिराे झरनाले आन्तरिक राजश्वमा वृद्धि गर्नमा सहयोग गर्ने र झरना वरिपरि पर्यटक लक्षित गरेर आवश्यक भाैतिक पूर्वाधार संरचना निर्माणको काम गरिएमा पर्यटनहरूकाे संख्यामा समेत वृद्धि हुने स्थानीय दानबहादुर पाेखरेल बताउँनुहुन्छ । उहाँले याे साठीहाते छिराे झरना सदरमुकाम तानसेनदेखि नजिक गन्तव्य रहेकाले पनि यहाँ आई मानिसहरूको जमघट हुने उहाँको भनाइ रहेको छ । साठी हाते झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यले विकास निर्माणको काम गर्न थालेको पूर्व वडा अध्यक्ष विष्णुप्रसाद खनालले बताउँनुभयाे ।

उहाँले रिब्दीकाेट गाउँपालिका साँस्कृतिक सम्पदा मठ मन्दिर काेट गाैडा र प्राकृतिक स्रोत सम्पन्न रहेकोले पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएकोले पनि यहाँ रहेका यस्ता यी स्थानहरूलाई पर्यटनसँग जोडेर भावी योजनालाई अगाडि बढाएमा धेरै लाभ लिन सकिने समेत जानकारी गराउँनुभयाे । साठी हाते झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकतामा कामहरू भइरहेको समेत रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउँनुभयाे ।

यो झरना हुँदै पदमार्ग विस्तार गरेर यहाँ आउने पर्यटकहरूलाई सहजै पुग्न र आवागमनका लागि काम गर्ने योजना रहेको जल स्नान पर्यटन गर्न सकिने गाउँपालिकाको समृद्धि तथा आर्थिक विकास जोड्ने लक्ष्य लिएर दीगो जल पर्यटनसंग जाेड्न हामीले काम गरिरहेकाेले पनि पर्यावरणकाे संरक्षण,जल स्नान क्षेत्रकाे पहिचान र साँस्कृतिक सम्पदाको प्रवर्द्धनमा जाेड दिदैआएको गाउँपालिकाले यहीँ क्षेत्रमा लगानीमा गर्दै आएको छ

प्रतिक्रिया