मुख्य समाचार
पाल्पामा दुर्घटनाको कहालीलाग्दो तथ्यांक : ३ वर्षमा ९३ जनाको मृत्यु | बगनासकालीमा ३२औँ विश्व आदिवासी दिवस सम्पन्न: शेरबहादुर चिदीको अध्यक्षतामा नयाँ परिषद् गठन | बाणगंगा नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता | साठी हाते झरना : जल पर्यटनका लागि नयाँ गन्तव्य ठाउँ | लुम्बिनीमा रास्वपाको आँधी : २६ मध्ये २१ क्षेत्रमा जित | | बिहीबार सुनको मूल्यमा भारी उछाल, तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि | चर्को आवाजमा कुदाइने बाइक नियन्त्रणका लागि ट्राफिक प्रहरी सादा पोशाकमा परिचालन | आजको राशिफल – Today’s Horoscope २०८२ माघ १३ गते (२७ जनवरी २०२६), मंगलवार | सुदूरपश्चिम चुनावी अभियानमा बालेन शाह, डडेलधुरादेखि बझाङसम्म कार्यक्रम |

स्थानीय समाचार लुम्बिनी प्रदेश २४ श्रावण २०८३, आइतबार

बगनासकालीमा ३२औँ विश्व आदिवासी दिवस सम्पन्न: शेरबहादुर चिदीको अध्यक्षतामा नयाँ परिषद् गठन

Rastriyanews

पाल्पा, २४ साउन । आदिवासी जनजाति समन्वय समिति, बगनासकाली तथा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्, बगनासकालीको संयुक्त आयोजनामा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान–प्रदान, अन्तरसंवाद तथा अधिवेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
​"प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता" भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
​आदिवासी जनजाति समन्वय समिति, बगनासकालीका अध्यक्ष गणबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष टिकाबहादुर थापा, वडा नं. ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, वडा नं. २ का अध्यक्ष तीर्थ भट्टराई, वडा नं. ५ का अध्यक्ष ओमप्रकाश गैरे, वडा नं. ८ का अध्यक्ष मोतीलाल बस्याल लगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

​कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला सल्लाहकार तेजबहादुर घर्ती मगरले आदिवासी जनजातिका मौलिक अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै समावेशी, समानुपातिक र न्यायपूर्ण समाज निर्माणका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जनजाति समुदायको ज्ञान, सीप र मौलिक पहिचानलाई राज्यको मूल प्रवाहसँग जोड्न स्थानीय तहको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो।

​कार्यक्रमसँगै सम्पन्न अधिवेशनले शेरबहादुर चिदीको अध्यक्षतामा "आदिवासी जनजाति महासंघ, बगनासकाली गाउँपालिका समन्वय परिषद्" गठन गरेको छ।
​नवनिर्वाचित नेतृत्वले बगनासकाली गाउँपालिकाभित्रका विभिन्न आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य र समन्वय कायम गर्दै अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार