पाल्पा । पाल्पामा पछिल्ला तीन आर्थिक वर्षमा २ सय ६९ वटा सवारी दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्काका अनुसार तीव्र गति, साँघुरा तथा घुमाउरा सडक र सवारी साधनको बढ्दो चापका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।>
तीन वर्षको अवधिमा दुर्घटनामा ४ सय ८९ वटा सवारी साधन परेका छन् । दुर्घटनामा १ सय २४ जना गम्भीर र ३ सय ९१ जना सामान्य घाइते भएका छन् । तथ्यांकअनुसार मोटरसाइकल तथा जिप–कार दुर्घटनामा बढी पर्ने गरेका छन् ।>
आर्थिक वर्ष २०८०/०८१ मा ३८ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको थियो । सो वर्ष ४२ जना गम्भीर र ४४ जना सामान्य घाइते भएका थिए ।>
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको संख्या बढेर ८५ पुगेको थियो । उक्त वर्ष १ सय ५० वटा सवारी साधन दुर्घटनामा परेका थिए भने २७ जनाको मृत्यु, ३४ जना गम्भीर र १ सय ४८ जना सामान्य घाइते भएका थिए ।>
गत आर्थिक वर्ष २०८२/०८३ मा भने दुर्घटनाको संख्या थप बढेर १ सय ४६ पुगेको छ । यस अवधिमा १ सय ८६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा ३० जनाको मृत्यु, ४८ जना गम्भीर र १ सय ९९ जना सामान्य घाइते भएका छन् ।>
यसैबीच, तीन वर्षको अवधिमा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने २७ हजार ९ सय २३ वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाहीबाट २ करोड ३६ लाख ४२ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ ।>
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित सवारी जाँच, मादक पदार्थ सेवन (मापसे) तथा लागूपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको चेकिङलाई कडाइ गरेको छ । साथै, सरोकारवाला निकायसँगको समन्वयमा सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्रता दिइएको छ ।>
ट्राफिक प्रमुख खड्काले भने सीमित स्रोत–साधन, आधुनिक प्रविधिको अभाव, साँघुरा तथा घुमाउरा सडक र बढ्दो सवारी चापका कारण दुर्घटना नियन्त्रणमा चुनौती रहेको बताउनुभएको छ ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन